१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिमकार्ड दिने


0
Shares

काठमाडौं । असोज १५ गते पर्ने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिमकार्ड प्रदान गर्ने भएको छ ।

असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरूलाई टेलिकमले निःशुल्क रूपमा सिमकार्ड प्रदान गर्न लागेको हो ।

सिममा १० रुपैयाँ व्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।

टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरूबाट ज्येष्ठ नागरिकहरूले यो सुविधाको उपयोग गर्न सक्नेछन् । यसका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्रको प्रतिलिपी संलग्न गर्नुपर्नेछ ।

ज्येष्ठ नागरिकहरुलाई दूरसञ्चार र सूचना प्रविधिको पहँुचमा ल्याउन आफ्नो अभियानले मद्दत पुग्ने टेलिकमको अपेक्षा छ ।