
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले परिस्थिति साथ नदिएका कारण आफूले कलाकारिता क्षेत्रमा लाग्न नपाएको बताउनुभएको छ ।
जमलस्थित राष्ट्रिय नाचघरमा भएको काँठे लोक दोहोरी अवार्डमा सम्बोधन गर्दै उहाँले गीत, संगीत, संस्कृति र खेल भनेपछि आफू लठ्ठै पर्ने बानी भएको बताउनुभयो ।
‘मेरो बानी कस्तो हो भने, गीत, संगीत, संस्कृति र खेल भनेपछि लठ्ठै पर्ने बानी मेरो पनि छ,’ उहाँले भन्नुभयो, ‘जयनन्द लामा, कृष्ण कँडेल र अरु साथीहरुजस्तै बडा भावुक छु, सानोमा गीतसंगीत र नाचगानर्फ आफूलाई लाने बारेमा पनि सोचेको थिएँ, इच्छा भएर पनि परिस्थितिले साथ दिएन, नत्र म पनि कलाकारै हुथ्येँ जस्तो लाग्छ ।’
कला, संस्कृति र खेल क्षेत्र राष्ट्रलाई एकतावद्ध गर्ने, राष्ट्रको प्रतिष्ठा बढाउने विधा भएको अध्यक्ष दाहालले बताउनुभयो । कलाकारहरू सम्मानित भएको देख्दा आफूलाई कता–कता इर्ष्या पनि लाग्ने पनि उहाँले बताउनुभयो । राजनीतिक कार्यक्रमहरु निरस हुने बताउँदै उहाँले आजकल घोचपेच र गालीगलौज पनि हुन थालेको स्मरण गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्