१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चार पूर्वप्रधानन्यायाधीशलाई सर्वोच्चले दियो सफाइ, मागदाबी नपुगेको ठहर


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायामाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिएको छ ।

अधिवक्ताहरू द्वय लोचन भट्टराई र धनजित बस्नेतले दर्ता गरेको छुट्टाछुट्टै मुद्दाको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदावी नपुगेको ठहर गरेको हो ।

भट्टराई र बस्नेतले चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गर्दै मुद्दा दर्ता गरेका थिए ।

२०७७ पुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि चार पूर्वप्रधानन्यायाधीशले त्यसलाई असंवैधानिक भनेपछि उनीहरूविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दामा चार पूर्वप्रधानन्यायाधीले फागुन ३ गते सर्वोच्चको अवहेलना नगरेको र प्रतिनिधिसभा विघटन गर्नु गैरसवैधानिक भएको दाबीसहितको लिखित जवाफ पेश गरेका थिए ।