
उदयपुर । ५९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
बलात्कारको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका–६ का ३० वर्षीय मुकेस विकलाई पक्राउ गरेको हो । उनीविरुद्ध पीडित महिलाले किटानी जाहेरी दिएको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, बेलटारले जनाएको छ ।
द्वारखोलाको जंगलमा बिहीबार साँझ ७ बजे विकले आफूलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयमा दिइएको किटानी जाहेरीमा उल्लेख गरिएको प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।
विकलाई जिल्ला अदालटबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्