
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको आमसञ्चार नीति निर्माणका लागि डडेल्धुरामा सुझाव संकलन गरिएको छ ।
एकीकृत सञ्चार नीति बनाउन सुदूरपश्चिमका नौ जिल्लामध्ये चार जिल्लामा सुझाव संकलन गरिएकोे सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले जानकारी दिनुभयो ।
शनिबार कानून तथा न्याय मन्त्रालयका प्रतिनिधि, जिल्लास्थित क्रियाशील पत्रकार तथा आम सञ्चार नीति २०७८ मस्यौदा समितिका पदाधिकारीबीच सुदूरपश्चिमको विविधता र परिवेशमा आधारित एकीकृत नीति निर्माण गर्नुपर्ने विषयमा छलफल भएको छ ।
यस्तै, बौद्धिक सम्पतिको संरक्षण र प्रवर्द्धन, व्यावसायिक सुरक्षा, विज्ञापन बोर्ड गठन, सेवा सुविधामा समानुपातिक र समावेशी लगायतका विषयमा तयार पारिएको मस्यौदामाथि छलफल भएको थियो ।
सरोकारवालाहरूले सरकारले यसअघि ल्याएको विधेयक अव्यवहारिक र विभेदकारी रहेकोले प्रदेशको आमसञ्चार नीति न्यायोचित, दिगो र विश्वसनीय पत्रकारिताको नमूना बन्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्