२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमालेले संविधान र लोकतन्त्रमाथि नै हमला गर्यो– महासचिव भुसाल


0
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद अवरुद्ध पारेर संविधानमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाउनुभएको छ ।

महासचिव भुसालले एमालेले अदालतमा विचाराधीन मुद्दालाई विषय बनाएर संसद अवरुद्ध पार्नु गैरसंवैधानिक र गैरकानुनी कदम भएकोसमेत बताउनुभयो । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सदन अवरुद्ध पार्ने कामले एमाले आफैँ जनताको माझमा नांगिदै गएको दावी गर्नुभयो ।

‘यो लोकतन्त्र र संविधानमाथिको हमला हो, गैर जिम्मेवार र अनैतिक काम हो, जो उहाँहरुले गरिरहनुभएको छ, त्यसले उहाँहरू नाङ्गिनुभएको छ,’ उहाँले भन्नुभयो, ‘संविधानमा अदालतमा विचाराधीन विषयमा संसदमा छलफल हुन नसक्ने संवैधानिक व्यवस्था छ, एमालेले संविधानको त्यो व्यवस्था विपरीतका काम गरिरहेको छ ।’

महासचिव भुसालले मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनले पहिलो प्राथमिकता दिएको पनि बताउनु भयो । तर, उहाँले मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ भन्ने विषय भने खुलाउनुभएन ।