
वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । जसमा दुई जना भारतीय नागरिक हुन् ।
वीरगञ्जको छपकैया सिर्सियामा अवैध हुन्डी कारोबार हुँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया छोटी भन्सार हुँदै तीनवटा मोटर साइकलमा भारतबाट आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्दा हेलमेट भित्र लुकाएको अवस्थामा उक्त रकम बरामद गरेको हो ।
तीनै जनालाई बैङ्क तथा वित्तीय ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्