२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


चेल्सी उक्लियो प्रिमियर लिगको शिर्ष स्थानमा


0
Shares

एजेन्सी । साउथह्याम्पटनलाई हराउँदै चेल्सी इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सी ३–१ ले विजयी भयो ।

साउथह्याम्प्टन विरुद्ध चेल्सीलाई विजयी गराउन टिमो वेर्नेर, बेन चिलवेल र ट्रेभो चालोभाले एक एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्ड प्रौजले एक गोल फर्काए । जितसँगै चेल्सी ७ खेलबाट १६ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेको लिभरपुल १४ अंकसहित दोस्रो स्थानमा छ । लिभरपुलले आज तेस्रो स्थानको म्यान्चेस्टर सिटीसँग खेल्नेछ । गएराती भएको अर्को खेलमा आर्सनलले ब्राइटनसँग गोलरहित बराबरी खेल्दा म्यान्चेस्टर युनाइटेड र एभर्टनले १–१ गोलको बराबरी खेलेका छन् ।