२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौं कांग्रेस महानगरको नेतृत्व चुनिँदै, बिहान ९ बजेदेखि मतदान


0
Shares

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको हिजो रोकिएको अधिवेशन आज सकिँदैछ । हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि रोकिएको अधिवेशनअन्तर्गत आज बिहान ९ बजेदेखि मतदान हुँदैछ ।

राष्ट्रिय सभा गृहमा जारी अधिवेशनमा नगर कमिटिको सभापतिको लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ ।

शाक्य प्रकाशमान सिंह र गगन थापा समूहको उम्मेदवार हुनुहुन्छ भने रञ्जित शेरबहादुर देउवा र भिमसेनदास प्रधान समूहको उम्मेदवार बन्नुभएको छ ।

उपसभापति पदका लागि सन्तकुमार महर्जन, शुशिला ढकाल, सूबिरनाथ खनाल र भरत तण्डुकारको उम्मेदवारी परेको छ ।