६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


लेखक कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ बजारमा


13
Shares

काठमाडौं । पत्रकार तथा लेखक कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा शनिबार अभिनेत्री गौरी मल्ल, लेखक तथा पत्रकार अश्विनी कोइराला, लेखक आचार्य र पाठक कुशल घिमिरेले संयुक्त रुपमा पुस्तक विमोचन गर्नु भएको हो ।

‘ब्लु डायरी’ विमोचन कार्यक्रममा अभिनेत्री मल्लले आफूले पुस्तकको पात्रका रुपमा आफूलाई अनुभूत गरेको बताउँदै यो पुस्तक हरेकको जीवनसँग मेल खाने खालको रहेको बताउनुभयो ।

उहाँले पुस्तक पढेर जीवनबारे सबैलाई आग्रह समेत गर्नु भएको छ । लेखक कोइरालाले पुस्तक निकै फरक सन्दर्भ र सरल भाषा–शैलीमा लेखिएको हुनाले सबै पाठकको मन जित्न सफल हुने बताउनु भएको छ ।

त्यस्तै, लेखक आचार्यले आफूले यो पुस्तकबाट आफुले धेरै अपेक्षा राखेको बताउनु भएको छ । उहाँले पुस्तक मन परे ताली र मन नपरे गाली गर्न पाठकलाई आग्रह समेत गर्नु भएको छ । पुस्तक आफुलाई प्रिय भएको र अब यो तपाईंहरुको पनि प्रिय बन्ने अपेक्षा गरेको बताउनुभयो ।

बिएन पुस्तकले बजारमा ल्याएको ‘ब्लु डायरी’ उपन्यासको मूल्य ३५० रुपैयाँ मात्र रहेको छ । यसअघि आचार्यको ‘अप्रिल फुल’ नामक उपन्यास प्रकाशित छ ।