
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुबारे छलफल गर्न आज स्थायी कमिटीको बैठक राखेको छ । बैठक बस्ने भनिएपनि समय भने खुलाईएको छैन ।
हिजोको स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै प्रवक्ता कृष्णबहादुर महराले आज बस्ने बैठकमा मन्त्रीहरुबारे छलफल गर्ने बताउनुभएको थियो ।
सत्ता गठबन्धनको गत असोज ६ गते बसेको बैठकमा एक साताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो । तर, मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन । सरकारमा हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री हुनुहुन्छ । माओवादीले अब थप तिन मन्त्री तथा एक राज्यमन्त्री पाउनेछ ।
प्रतिक्रिया दिनुहोस्