१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एनसेलको जेष्ठ नागरीक लक्षित सिम योजना


0
Shares

काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई निःशुल्क सिम योजना ल्याएको छ ।

६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको सिम निःशुल्क लिन सक्ने तथा ५० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा बोनस सुविधा पाउनसक्ने एनसेलले जनाएको छ ।

५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकहरुले एक सय एमबी डेटा र सय वटा अन नेट एसएमएस बोनस पाउन जनाइएको छ । नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता बुझाएर यस्तो सीम सेवा पाइने छ र यो योजना असोज २२ गतेसम्म जारी रहने जनाइएको छ ।