१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या


0
Shares

काठमाडौं । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । गएराती रुपन्देहीको शुद्धोधन–३ बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता– ३ का अवदेश चमारको हत्या भएको हो ।

सोही उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी चमारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मादक पदार्थ सेवन गरेका मजदुरहरु बिच विवाद भएको र खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

रविले अवदेशलाई खुकुरी प्रहार गरेपछि उनका बाबु गोपिचन्दलाई समेत प्रहार गरेका थिए । खुकुरी प्रहारपछि अस्पताल लैजाने क्रममा अवदेशको बाटोमै मृत्यु भएको र उनका बाबु र खुकुरी प्रहार गर्ने रविको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।