२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


काठमाडौंमै देउवाकाे हार, ईतर समूह देखियाे बलियाे


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा प्रतिद्वन्दी प्रगतिमान रञ्जितलाई पराजित गर्दै शाक्य निर्वाचित हुनु भएको हो ।

रामचन्द्र पौडेल र प्रकाशमान सिंह पक्षका शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका रञ्जितलाई झण्डै दोब्बर मतले पराजित गर्नुभएको छ । निर्वाचनबाट शाक्यको प्यानल नै विजयी भएको छ ।

दुई जना उपसभापतिमा सुशीला ढकाल र शान्तकुमार महर्जन विजयी भएका छन् भने सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल, सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् । उता, काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सभापतिमा पनि देउवा ईतर पक्ष विजयी भएको छ ।

चन्द्रागिरी नगरपालिकोको सभापतिमा घनश्याम गिरी सर्वसम्‍मत निर्वाचित भएका हुनु भएकाे हाे । आज विहान भएको निर्वाचनबाट गिरीको प्यानल नै विजयी भएको हो । गिरी कांग्रेस नेता प्रकाशमान सिंहका निकट हुन् ।

नगर उप सभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्रविक्रम बानियाँ निर्वाचित भएका छन् । सचिवमा नविन महर्जन, सहसचिवमा जीवन गिरी र भुवन श्रेष्ठ चयन भएका छन् भने कोषाध्यक्षमा मन्जयप्रकाश श्रेष्ठ निर्वाचित भएका हुन् ।