
काठमाडौं । नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्का विजयी हुनुभएको छ । हिजो भएको निर्वाचनमा १ हजार एक सय ९८ मत ल्याएर खड्का विजयी हुनुभएको हो ।
कूल एक हजार तीन सय ५२ मत खस्दा खड्काले १ हजार एक सय ९८ प्राप्त गर्नुभएको हो । खड्काका प्रतिद्धन्द्धी राईमान राईले जम्मा ११० मत मात्रै ल्याउनुभएको थियो ।
राई सभापति शेरबहादुर देउवानिकट हुनुहुन्छ भने खड्का रामचन्द्र पौडेल निकट हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्