१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पार्टी पदाधिकारीहरूले बेलैमा क्रियाशील सदस्यताको विवाद हल गर्नुपर्छ : नेता सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीले अझै चार जिल्लामा क्रियाशील सदस्यताका विवाद टुंग्याउन नसकेको बताउनु भएको छ ।

आज चाक्सीबारीमा बोल्दै नेता सिंहले पार्टीले विवाद समाधान गरेर जानुपर्छ भनेर आफूहरूले आवाज उठाए पनि पदाधिकारीहरूले नै पार्टीका कुरा बाहिर नलैजान भन्ने गरेको बताउनुभयो ।

‘दम्भ देखायो भन्छन् हामीले के दम्भ देखाउनेरु,’ उहाँले प्रश्न गर्नुभयो, ‘दम्भ त जो पार्टी सत्तामा छ, संस्थापनमा छ उनीहरूले देखाएका छन्। केन्द्रीय कार्यालयमा कार्यकर्ता धर्ना बसेको ८० दिन नाघिसक्यो, यसमा कुरा उठायो भने पदाधिकारीहरू स्यालको हुइयाँजस्तो पार्टीको आवाज बाहिर उठाउन भएन भन्छन्।’

पार्टी पदाधिकारीहरूले बेलैमा क्रियाशील सदस्यताको विवाद हल गर्नुपर्नेमा त्यसो नगर्दा समस्या भइरहेको उहाँको भनाइ छ । नेताले सिहंले १४ औं महाधिवेशनबाट पार्टीलाई सुधार गरेर जानुपर्ने बताउनुभयो । जिम्मेवार नेताको हातमा नेतृत्व पुर्‍याउन उहाँले आग्रह गर्नु भएको छ ।
असफल नेताहरूलाई अब नेतृत्वमा पुर्‍याउन नहुने भन्दै काम गर्न सक्ने नेताहरू अब अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।