काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सर्वाेच्च अदालत बार एशाेसिएसनका पदाधिकारीले भेटघाट गरेका छन् ।
प्रधानन्यायाधीश राणाले मन्त्रालय बाँडफाँडमा भाग मागेको समाचार बाहिरिएपछि सर्वाेच्च अदालत बारका पदाधिकारी प्रधानन्यायाधीशलाई भेट्न गएका हुन् ।
उनीहरुले समाचार झुठाे भए प्रधान्यायाधीशले खण्डन गर्नुपर्ने सुझाव दिएका थिए । जवाफमा प्रधान्यायाधीशले पनि खण्डन गर्ने बताएको सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिनुभयो ।
त्यसक्रममा प्रधानन्याधीश राणाले गजेन्द्र हमाललाई मन्त्री बनाउन आफूले सिफािरश गरेकाे कुरा गलत भएकाे भन्दै बचाउ गर्नुभएकाे थियाे । तर समाचारहरुमा भने राणाले मन्त्रिपरिषद विस्तार गर्दा आफूले भनेकाे मानिसलाई पनि मन्त्री बनाउनुपर्ने भन्दै भाग मागेकाे कुरा सार्वजनिक भएकाे थियाे ।
जसकाे जनस्तरमा तीब्र आलाेचना भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्