
काठमाडौं । बलिउड कलाकारहरू अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन काठमाडौं आइपुगेका छन् ।
‘उचाइ’ फिल्मको सुटिङका लागि उनीहरू आइतबार काठमाडौं आइपुगेका हुन् । निर्देशक सुरज वर्जत्यसहितको कास्ट एन्ड क्रिउ टोली झन्डै ४० दिन नेपालमा रहने छ ।
काठमाडौंबाट छायांकन सुरु हुने फिल्मलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतमा सुटिङ गरिने जनाइएको छ ।
आइतबार काठमाडौं ल्याण्ड गरेको भिडियो इस्टाग्राममा राख्दै खेरले लामो समयपछि नेपाल आउन पाउँदा खुसी लागेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्