७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सडक स्तरोन्नती गर्न बाटो खुल्यो


0
Shares

रसुवा । रसुवागढी नाका जोड्ने स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नतीका लागि बाटो खुलेको छ ।

स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नती गर्न चिनियाँ ठेकेदार कम्पनीले काम अगाडी बढाउन सक्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ ।

सडकमा रहेका बिजुलीका पोल, टेलिफोन तार तथा फाइबर नेटवर्कको तार सार्ने काम अन्तिम चरणमा पुगेकाले निर्माण पक्षलाई काम गर्न अवरोध नहुने योजना प्रमुख नारायणदत्त भन्डारीले जानकारी दिनुभयो ।

२०७६ असोजमा नै स्तरोन्नती सुरु गरिएको सडकको साइट क्लियर नहुँदा चिनियाँ निर्माण कम्पनीले काम अघि बढाउन सकेको थिएन । ३९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी चीन सरकारको अनुदान सहयोगमा टिबेट थियानलु कम्पनी लिमिटेडले १५ दशमलव ८ किलोमिटर सडक स्तरोन्नती गर्नेछ ।