१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिसन्धी १९० बारे ट्रेड युनियन कांग्रेसद्वारा सांसदहरुसंग छलफल


13
Shares

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले आईएलओ अभिसन्धी १९० बारे सांसदहरुसंग छलफल गरेका छन् । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरि संघीय एवं प्रदेश सांसद , आईएलओ लगायत सरोकारवाला निकायहरुसंग अभिसन्धी १९० पारित गराउन समर्थन र प्रतिबद्धता लिइएको हो ।

१९० कामको संसारमा हुने हिंसा र उत्पीडन विरुद्धको अभिसन्धी हो । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले आईएलओले २०१९ मै पारित गरेको अभिसन्धी १९० नेपाल सरकारले पारित गरे कामको संसारमा हुने हिंसा र उत्पीडन न्यूनीकरण हुने विचार राख्नुहुदै सांसदहरुलाई यसबारे सदनमा कुरा उठाईदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सार्कटुकका महासचिव लक्ष्मण बहादुर बस्नेत , ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहाल, आईएलओ नेपाल अफिस प्रमुख रिचार्ड हवार्ड , डिएलका महासचिव लक्ष्मी रावल लगायतले नेपाल सरकारले अभिसन्धी १९० पारित गरे हिंसा र उत्पिडन धेरै हदसम्म रोक्ने विचार राख्नुभयो ।

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले अभिसन्धी १९० बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफलपछि भिमसेनदास प्रधान, दिव्यमणी राजभण्डारी, राजेन्द्र गुरुङ , रजनी जोन्छे, विमली नेपाली , नरोत्तम वैद्य , भिमसेन खत्री लगायतका सांसदहरुले अभिसन्धी १९० पारित गर्न सके हिंसामुक्त समाज निर्माणमा ठूलो योगदान हुने बताउनु हुँदै आफ्नो तर्फबाट सदनमा विशेष प्राथमिकता दिई उठाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।