
काठमाडौं । प्रतिनिधिसभाको आज(मंगलबार)को बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेको छ ।
एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठक अवरोध गर्दै आएको छ ।
मंगलबारको बैठकमा पनि नाराबजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो ।
एमाले सांसदहरूको विरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६÷०७७ प्रतिनिधिसभामा पेश गर्नुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्