१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चोरिएका २१ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण


0
Shares

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट चोरी भएका २१ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सवारीधनीलाई जिम्मा लगाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले मोटरसाइकल चोरी रोकथाम तथा नियन्त्रणका लागि सवारी धनी नै सजग हुनुपर्ने बताउनुभयो ।