
तस्बिर फाइल
बर्दिया । बर्दियाका १६ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । बर्दियाको कुल जनसंख्या ४ लाख ८३ हजारमध्ये ७८ हजार नागरिकले पूर्ण खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, २४ प्रतिशत नागरिकलाई खोपको पहिलो मात्र दिइएको छ । ८ पालिका रहेको जिल्लाका १८ वर्ष माथिका २ लाख ७८ हजार जनालाई कोभिड विरुद्धको खोप लगाउने स्वास्थ्य कार्यालयकोे लक्ष्य रहेको प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो ।
जिल्लाका स्थानीय तहमा अहिले पनि खोप कार्यक्रम सञ्चालन भइरहेका छन् । सरकारको लक्ष्यअनुसार दशैं–तिहारको बीचसम्म जिल्लाका ३३ प्रतिशत भन्दा बढीलाई पूर्ण खोप लगाउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्