१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णालीका दुई लाखभन्दा बढी नागरिकले लगाए कोभिडविरुद्धको खोप


0
Shares

सुर्खेत । कर्णाली प्रदेशमा दुई लाखभन्दा बढी नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार अहिलेसम्म प्रदेशका १० वटै जिल्लामा गरेर दुई लाख ४१ हजार २४९ जना अर्थात् २२ प्रतिशत जनसङ्ख्याले पूर्ण खोप लगाएका हुन् ।

कर्णाली प्रदेशमा गएको माघदेखि खोप अभियान सञ्चालन भएको थियो । कर्णाली प्रदेशमा बसोबास गर्ने करिब १८ लाख २४ हजार जनसङ्ख्यामध्ये १८ वर्षमाथिका १० लाख ९४ हजार ४५ जना छन् । त्यसमध्ये दुई लाख ४१ हजार २४९ जनाले पूर्ण खोप पाएका छन् ।

सबैभन्दा बढी सुर्खेतमा ७७ हजार १५ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यस्तै सल्यानमा ३३ हजार २१, रुकुम पश्चिममा २९ हजार ५५, जुम्लामा २१ हजार ६४, दैलेखमा ३२ हजार ३७६, कालीकोटमा १५ हजार १०८, जाजरकोटमा ११ हजार ७०९, हुम्लामा छ हजार ८५३, मुगुमा नौ हजार ६०८ र डोल्पामा ६ हजार ६३३ जनाले खोप लगाएका छन् ।

प्रदेशमा अझै एक लाख २० हजार ७११ जनाले दोस्रो मात्रा खोप लगाउन बाँकी छ । अहिले प्रदेशका सबै जिल्लामा खोप कार्यक्रम सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवा निर्देशक डा. रवीन खड्काले पालिका स्तरमा खोपका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेश भौगोलिक रुपमा कठिन भएकाले खोप र परीक्षण कार्य भइरहे पनि केन्द्रमा रिपोर्टिङ ढिलाइ भएको बताउनुभयो ।