१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


चितवनमा बाघको आक्रमणबाट एक युवक बेपत्ता


0
Shares

चितवन । बाघले आक्रमणमा परेको चितवनका एक युवक बेपत्ता भएका छन् ।

पूर्वी चितवनको खैरहनी स्थित कुमरोज सामुदायिक वनमा घाँस काट्न गर्न गएका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान स्थानीय ७, ८ जना युवाहरूको समूह घाँस काट्न गइरहेको अवस्थामा बाघले आक्रमण गरेको खैरहनी–१३ का वडासदस्य चन्द्रलाल चौधरीले जानकारी दिनुभयो ।

अहिले निकुञ्ज प्रशासन, नेपाली सेना सहितको टोलीले सात वटा हात्तीको प्रयोगबाट बोटेको खोजी गरिरहेका छन् ।