
फाइल तस्बिर
काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्र पारेको जनाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी काठमाडौंको न्यूरोड र मख्खनगल्लीमा अनुगमन गरेको हो ।
अनुगमनमा मुख्य समस्या खरिदविक्री बिलको रहेको विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताउनुभयो ।
पसलहरूले बिक्री गरिरहेका लताकपडा तथा खाद्य सामग्रीहरूको अनुगमन गरेको भन्दै झाले तीन जना व्यापारीलाई तत्काल जरिवाना र अन्य तीन जनालाई विभागमा बोलाएको समेत जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्