१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल–चीन सीमा सम्झौता भएको ६० वर्ष, विवाद नभएको राजदूतको दाबी


0
Shares

काठमाडौं । नेपाल–चीन सीमा सम्झौता भएको ६० बर्ष पुगेको छ । यसै अवसरमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल–चीन सीमा विवादमुक्त भएको बताउनुभएको छ ।

दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्वीट गर्दै उहाँले सीमा विवादमुक्त भएको बताउनुभयो । ६० वर्ष अघि देखिनै दुई देशबीच सीमासम्बन्धी कुनै विवाद नरहेको भन्दै यो मित्रताको आधार र आपसी फाइदाजनक सहकार्यको सेतु बनेको राजदूत यान्छीले उल्लेख गर्नुभएको छ ।

गृह मन्त्रालयले हुम्लाको नाम्खा गाउँपालिकाको लिमि क्षेत्रमा उब्जिएको सीमालगायत केही विषयमा द्वीपक्षीय सहकार्य गरेर समस्या समाधान गर्न आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको चर्चा भइरहँदा राजदूत यान्छीको ट्वीट आएको हो ।

सरकारद्वारा जयनारायण आचार्यको नेतृत्वमा गठित सीमा क्षेत्रसम्बन्धी अध्ययन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको सुझावका आधारमा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको थियो । समितिले असोज १० गते गृहमन्त्री बालकृष्ण खाँणलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।