१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारद्वारा विभिन्न पदमा बढुवा र नियुक्ति, रोजगार अनुमति प्रणाली निर्देशिका स्वीकृत


0
Shares

काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरेको हो ।

यस्तै, बैठकले नेपाल प्रशासन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता डा. गोपिचन्द्र भट्टराईलाई तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले ऋण असुली न्यायाधीकरणको रिक्त कानून सदस्य पदमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्ति गर्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।

मन्त्रिपरिषद्ले विद्युतीय राहदानी बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरु स्वीकृत गर्ने लगायतको निर्णय पनि गरेको छ ।