
रसुवा । रसुवाको मैलुङ – स्याफ्रुबेँशी सडक तीन महिनापछि एकतर्फी सञ्चालनमा आएको छ ।
वर्षा कम भएसँगै सो क्षेत्रमा काम गर्न सहज भएकाले पहिरो पन्छाएर तथा सडकको मर्मत गरेर एकतर्फी रुपमा सडक संचालनमा ल्याइएको हो । अबको केही दिनमै दुईतर्फी रुपमा यातायात सञ्चालनमा ल्याउने प्रयास भईरहेको सडक आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्