२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


चाडबाडमा परिवार छाडेर परदेशतिर…


0
Shares

बिराज रोस्यारा

कैलाली । देशमा काम नभएको र घरपरिवारलाई वर्षदिनको चाड मनाइदिने उद्देश्यले सुदूर र मध्यपश्चिमका युवा मुगलान पसेका हुन् । घरदेश फर्किनेहरूको भीडमा परदेश जानेहरूको संख्या उतिक्कै बाक्लो छ ।

फरक के छ भने यताबाट जानेहरू कतिपय त परिवारै बोकेर परदेशिएका छन् । चाडपर्व मनाउन आर्थिक जोहो नभएकाले उतै गएर काम पनि गर्ने, साहुसँग खर्च मागेर दशैं पनि मनाउने सुरसारमा उनीहरू देखिन्छन् ।

कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटबाट भारत–नेपाल आवतजावत गर्न सरकारले अनुमति दिएको छ ।

विगतमा दशैंको मुखमा उपचार वा कुनै आकस्मिकबाहेक कामका लागि भारत जानेको संख्या न्यून हुने गरेको भए पनि दुई वर्षयता कोरोनाका कारण चाडबाडको परवाह नगरी भारत पस्नेहरु थुप्रै छन् । कमाएर ल्याउन हैन चाड मनाउन बाध्य भएर परदेशिनु परेको उनीहरूको गुनासो छ ।

कैलालीसँग जोडिएको गौरीफन्टा नाका भएर सुदूरपश्चिमेलीहरू दैनिक २ सय बढी भारत गइरहेका छन् । चाडपर्वअघि भारत पस्ने धेरैजसो रोजगारीकै लागि गइरहेका छन् भने केहि मात्रै उतै बसोबास रहेको सीमामा खटिएका सुरक्षाकर्मी बताउँछन् ।