
तस्बिर फाइल
काठमाडौं । ललितपुरमा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोप लगाइने जनाएको हो ।
चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोभिड–१९ फैलन सक्ने कुरालाई मध्यनजर गर्दै खोप लगाउन थालिएको हो ।
खोपका लागि आफूलाई पायक पर्ने पालिकाले तोकेको खोप केन्द्रमा गएर खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
काठमाडौंले महानगरपालिकाले भने गत सातादेखि नै १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्