
काठमाडौं । पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्स पहिलो पटक एभरेष्ट प्रिमियर लिग(ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको पटक फाइनलमा पुगेको छ ।
ईपीएलको पहिलो क्वालिफायरमा चितवनले बलिङ र ब्याटिङ दुवैमा शानदार प्रदर्शनका साथ पहिलो पटक फाइनलमा स्थान पक्का गरेको छ । जितको लागि ६७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले ७ दशमलव ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
उसका लागि ओपनर मोहम्मद शाहजादले २६ बलमा ७ चौका र २ छक्कासहित ४८ रनमा क्याच आउट भए । शाहजाद, नन्दन यादवको बलमा कट एण्ड बोल्ड आउट हुन पुगेका थिए । हासिम अन्सारी २० बलमा १ चौका र १ छक्कासहित १४ रन र करिम जन्नत ४ रनमा अविजित रहे । हासिमले जारी ईपीएलमा पहिलो खेल खेलेका हुन् ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा १५ ओभरमा ६६ रनमा अल आउट भएको थियो । पोखरा रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । चितवनको बलिङ सामु पोखरा ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एक समय ७ दशमलव ५ ओभरमा ४०–१ को अवस्थामा रहेको पोखराले खराब ब्याटिङ गर्दै बाँकी १६ रन जोड्न ९ विकेट गुमाएपछि ६६ रनमै अल आउट भएको हो । यो ईपीएल इतिहासकै सर्वाधिक कम योगफल हो । यसअघि २०१८ मा पोखराले विराटनगर वारियर्सविरुद्ध सर्वाधिक कम ८४ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्