
एजेन्सी । ताइवानका रक्षामन्त्री चिउ कु–चेङले चीन सन् २०२५ सम्म ताइवानमाथि पूर्ण मात्रामा आक्रमण गर्न सक्षम हुने बताउनुभएको छ ।
अहिलेको तनावलाई ४० वर्षयताकै सबैभन्दा खराब भन्दै रक्षमन्त्री चिउले चीन अहिले नै ताइवानमाथि आक्रमण गर्न समर्थ भए पनि तीन वर्षमा पूर्ण तयारीसहित आक्रमण गर्नसक्ने बताउभयो ।
चीनले शुक्रबारयताका चार दिनमा मात्रै करिब डेढ सय युद्ध विमान ताइवानको एयर डिफेन्स जोनमा पठाएको थियो ।बेइजिङले ताइवानलाई आफ्नो एक प्रान्तको भएको दाबी गर्छ ।
ताइवानमा प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारलाई विखण्डनवादीको आरोप लगाउँदै आवश्यक परे शक्तिको प्रयोग गरी ताइवानलाई पुनः कब्जा गर्ने चीनले चेतावनी दिँदै आएको छ ।
तर, ताइवान सरकारले भने ताइवान एक सार्वभौमसत्तासम्पन्न देश भएको भन्दै स्वतन्त्रताको घोषणा गर्न आवश्यक नरहेको बताउँदै आएको छ ।
ताइवानकी राष्ट्रपति साइ इङ–वेनले मंगलबार ताइवान ‘दुस्सहासी’ नहुने तर आफ्नो रक्षाको लागि जे पनि गर्न सक्ने बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्