
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको हो । माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादवलाई मन्त्री बनाउने भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
४ जनामध्ये बोधमाया राज्यमन्त्रीको भूमिकामा रहनु हुनेछ । उहाँ माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवको छोरी हुन् ।
यसअघि माओवादीको तर्फबाट देउवा सरकारमा दुई मन्त्री सहभागी थिए । जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रूपमा रहेका छन् । माओवादीले यसपटक यसअघि मन्त्री नभएकाहरूलाई प्राथमिकतामा राखेकाे छ ।
थप ३ मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लागेसँगै माओवादीले आफ्नो भागमा परेका सबै मन्त्रीको नाम टुंगो लगाएको छ । आज छानिएका मन्त्रीहरूको मन्त्रालयबारे भने खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस्