११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


भारतलाई रिजाउन कांग्रेसको टोली दिल्ली जाँदै


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको प्रतिनिधिमण्डल आज भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि काँग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।

भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको निमन्त्रणामा भारत जान लागेको प्रतिनिधिमण्डलमा नेताहरु उदयशमशेर जबरा र अजय चौरसिया समेत रहनु भएको छ ।

भारतीय जनता पार्टी र सरकारका उच्च पदस्थ अधिकारीहरुसँग भेटगरी दुई पार्टी बीचको सम्बन्ध विकास गर्ने र सरकार सरकारबीचको पनि सम्बन्ध विकासमा सघाउ पु¥याउने गरी आफूहरु भारत भ्रमण जान लागेको काँग्रेस महामहामन्त्री डा. महतले जानकारी दिनुभयो ।