२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ईपीएलको दोस्रो क्वालिफायरमा आज भैरहवा र पोखरा भिड्दै


0
Shares

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडियसर्ट र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

भैरहवा र पोखराबीचको खेल १२ः४५ बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।

यस खेलको विजेताले उपाधिका लागि चितवन टाइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ । भैरहवा एलिमिनेटरमा काठमाडौं किंग्स–११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

पोखरा भने पहिलो क्वालिफायरमा चितवनसँग पराजित भएको थियो । तर, प्रतियोगिताको नियम अनुसार पोखराले फाइनल प्रवेशका लागि पुनः क्वालिफायर खेल्ने पाएको हो ।