
प्रकाश नेपाल
इलाम । अहिले नेपालीहरुको घर–घरमा दशैले छप्पकै छोपेको छ । यतिबेला गाँउ घर छोडेर सहर पसेर पेसा व्यवसाय गर्ने, अध्ययनका लागि सहर पसेका बिद्यार्थीहरु र रोजगारीका लागि देश परदेश गएका युवाहरु घर फर्कन थाल्नु पर्ने हो । तर, इलाममा यस पटकको दसैमा त्यस्तो खासै उत्साह देखिएको छैन ।
‘कोदो फुल्यो बारीमा लरीलै धानको बाला झुल्यो खेतैमा’ गीत जब रेडियो र टेलिभिजनामा घन्किन थाल्छ तब –तब गाउँ घरमा दशैं आएको भान गराउँछ । यो संगै गाउँघरमा दशैको उमंग र खुशीयाली देखिन थाल्छ । गीतले मात्रै भन्ने होइन, बारीमा पाक्ने बालीको बाला, सुकिलो हुँदै गरेको बाटो होस् वा झरी पछि यसरी फेरिएको मौसमले पनि दशैं आएको भान गराउँछ । सबै ती गुञ्जिने मालश्री धुनले दशैंको उमंग थप बढाउने गरेको छ । तर लगातार २ बर्ष देखिको कोरोना माहामारीको त्रासले थलिएका इलामेहरुकालागि बिगत जस्तो यो दशंैे देखिदैन । सधै झै बाटोमा हुने बाक्लो ओहोर दोहोर, मेला बजारदेखि पसलहरुको भीड या साप्ताहिक रुपमा लाग्ने हाटबजारको भीड समेत बिगत जस्तो देखिदैन् ।
दशैंमा परिवारको चाहना र आवश्यकता पुरा गर्न अभिभावक लागेका हुन्छन् । विदेशमै रहेकाहरु घर आउन नपाए पनि साथीभाई मिलेर दशैंको रमाईलो गर्ने गर्छन् । त, कोेही घर फर्कने र सबै जना भेला भएर मनाउने गर्दछन् । अझ बालापनमा त झन् दशैंको बेग्लै मज्जा हुन्छ । दशैंको नयाँ नाना, खेलौना अनि घरमा आएका पाहुँनालाई देखाउन दशैं शुरु देखिकै योजना सम्झिदा छुट्टै अनुभूति हुने गर्दछ । सधै खुसि बोकेर आउने दशैँ यसवर्ष भने कोरोनाको त्रासले फिक्का झै देखिन्छ ।
कोरोना महामारीले थुप्रैलाई संक्रमित बनाइसकेको छ भने धरैको ज्यान समेत लिइसकेको छ । कोरोना बाट जोगिनु आवश्यकता त देखिन्छ तर, बर्ष दिनमा बल्ल तल्ल आउने चाड मान्नु पनि त्यति नै सान्दर्भिक छ । घर गाँउमा नवरात्री शुरु हुँदा नहुँदै ठडिने लिङ्गे पिङ, टोल टोलमा हुने फुटबल, भलिबल प्रतियोगिता र यस्तै बाक्लोगरी आयोजना हुने साँस्कृतिक कार्यक्रम यस बर्ष कतै देखिएको छैन् ।
यस पटकको दशैमा कोरोनाको संक्रमण हुनसक्ने चिन्ताले धेरैजसो घरबाहिर निस्किएको देखिएको छैन् । त्यसैले यसपटकको दशै छैन, दशैंजस्तो ।
प्रतिक्रिया दिनुहोस्