१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनले थप १० लाख कोभिडविरुद्धको खोप सहयोग गर्ने


0
Shares

काठमाडौं । चीनले नेपाललाई कोभिड–१९ विरुद्धको थप १० लाख डोज खोप सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा दिने भएको हो ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच भएको छलफलमा सो सहमति भएको राज्यमन्त्री श्रेष्ठले ट्वीटरमार्फत जानकारी दिनुभएको छ ।

त्यस्तै, नेपाललाई क्यानडा र माल्दिभ्सले ६ लाख डोज अस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराउने भएका छन् । क्यानडाले कोभ्याक्स सुविधामार्फत चार लाख डोज र माल्दिभ्सले दुई लाख तीस हजार डोज खोप अनुदानमा उपलब्ध गराउने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाले जनाएको छ ।

यी खोप चाँडै नेपाल आइपुग्ने शाखा प्रमुख सागर दाहालले जानकारी दिनुभयो ।