१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आगामी चुनावमा सबै कम्युनिष्ट मिले पनि कांग्रेसले बहुमत ल्याउछ- मुख्यमन्त्री पोखरेल


0
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी चुनावमा कम्युनिष्ट मिले पनि कांग्रेस एक्लैले बहुमत ल्याउने दावी गर्नुभएको छ ।

नेपाली कांग्रेस पोखरा महानगर समितिद्वारा विजयादशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित चियापान तथा शुभ–कामना आदन प्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेललले निर्वाचनमा कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगरी एक्लै बहुमत ल्याउने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले सबै दल मिले भने पनि जित्नसक्ने संगठन बनाउन पार्टीभित्र सुधारको खाँचो रहेको समेत बताउनुभयो । अधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको भन्दै उहाँले तीनै तहको निर्वाचनमा पार्टीले बहुमत ल्याउने दोहोर्याउनुभयो ।

नेपाली कांग्रेस पोखरा महानगर समिति सभापति सुरेन्द«मान बिजुक्छेको सभापतित्वमा भएको कार्यक्रमा उपसभापति प्रयागराज भण्डारी र सचिव टुवराज बास्तोला लगायतले कांग्रेसलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए ।