
तस्बिर फाइल
काठमाडौं । नेपाली काँग्रेस बाजुरामा रामसिंह रावल जिल्ला सभापतिमा निर्वाचित भएसँगैं वरिष्ठ नेता रामचन्द्र पौडेल उत्साहित देखिनुभएको छ ।
ट्विटरमा लेख्दै पौडेलले परिवर्तन सम्भव छ, सुदुरपश्चिममा पनि परिवर्तन सम्भव छ भन्दै उत्साहित हुनुभएको हो ।
उहाँले लेख्नुभएको छ, ‘परिवर्तन सम्भव छ, सुदुरपश्चिममा पनि परिवर्तन सम्भव छ बाजुरामा रामसिंह रावलको बिजयले संकेत गरिसक्यो। डडेलधुराले सन्देश दिइसक्यो ।’
बाजुराबाट विजयी रावल संस्थापनइतर हुनुहन्छ । सुदूरपश्चिम प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्र भएकाले पनि पौडेलले यस्तो लेख्नुभएको बताइएको छ ।
केही दिनअघि कांग्रेस नेता अर्जुननरसिंह केसी, डा. शेखर कोइरालालगायतका नेताहरुले डडेल्धुरा पुगेर विशाल आमसभा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्