
काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं लगायतका चाडपर्व लक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ ।
चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउन थालिएको काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले जानकारी दिनुभयो ।
३ दिनसम्म चल्ने खोप कार्यक्रम महानगरपालिका अन्तर्गतका ३२ वटै वडाका ३४ स्थानबाट लगाउने पाइनेछ । तत्कालका लागि ७० हजार खोप जिल्ला जनस्वास्थ्य कार्यालयबाट व्यवस्था गरिएको कुँवरले बताउनुभयो ।
काठमाडौं महानगरपालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने कार्यमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ ।
परिचय पत्र नखुलेका नागरिकले वडा कार्यालयको सिफारिसमा सो खोप लगाउने पाउने व्यवस्था पनि गरिएको स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्