
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार पूर्णता दिन लाग्नुभएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट चार जना नयाँ मन्त्री थपिने भएका छन् ।
एक मन्त्रीको जिम्मेवारी हेरफेर गर्दै कांग्रेसबाट चार मन्त्री थप गर्न लागिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षबाट सांसद मिनेन्द्र रिजाललाई रक्षा र दिलेन्द्रप्रसाद बडुलाई कानुन मन्त्रालयको जिम्मेवारी दिन लागिएको कांग्रेसनिकट स्रोतले बतायो ।
यसअघि कानुन मन्त्रालय सम्हाल्दै आउनुभएका देउवानिकट ज्ञानेन्द्रबहादुर कार्कीले अब सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
देउवानिकट उषा रेग्मीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवार दिँदै गर्दा कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरीलाई खानेपानी मन्त्री दिन लागिएको हो ।
सत्तारूढ अरू दलहरूले पनि मन्त्रीको नाम बालुवाटारमा पठाइसकेका छन्। आजै मन्त्री नियुक्त गर्ने र अपरान्ह ४ बजे सपथ खुवाउने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्