
तस्बिर फाइल
कृष्णनगर । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला प्रकोपको उपचार गराउन ४ सय ६१ बिरामी अस्पताल पुगेका छन् ।
सोमबारदेखि फैलिएको झाडापखाला प्रकोपको उपचारका लागि गएकामध्ये ३ सय ६६ जना निको भएर घर फर्किएका डाक्टर मुकेश चौधरीले जानकारी दिनुभयो ।
चौधरीका अनुसार उपचार गराउन आएकामध्ये ३७ जनालाई प्रदेशिक अस्पताल बुटवल र जिल्ला अस्पताल तौलिहवा रिफर गरिएको छ । बाँकी ५८ जना शिवराज अस्पतालमै उपचारत छन् ।
अस्पताल बाहेका स्थानीय मेडिकल, क्लिनिक तथा स्वास्थ्य संस्थामा पनि झाडापखालाका ५० भन्दा बढी बिरामीको उपचार भइरहेको छ ।
गत सोमबारबाट फैलिएको झाडापखला प्रकोपका बिरामीहरू बढेपछि विद्यालयमा समेत शय्या तयार पारेर उपचार भइरहेको छ । धेरै बिरामी घरमै बसेर औषधिसमेत प्रयोग गरिरहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्