१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


दसैँको तेस्रो दिन आज चन्द्रघण्टा माताको आराधना गरिदै, शक्तिपिठहरुमा दर्शनार्थीको घुँइचो


0
Shares

काठमाडौं । नेपालीहरुको महान चाड वडा दसैँको तेस्रो दिन आज पनि दुर्गा भवानीको पूजा आराधना गरिदैछ । घटस्थापनाको दिनदेखि ९ दिनसम्म मनाइने नौरथाको तेस्रो दिन आज चन्द्रघण्टा माताको पूजा अर्चना गरिदैछ ।

चन्द्रघण्टा मातालाई खीर अथवा दूधबाट बनेको मिठाई भोग लगाउनाले असीम कृपा प्राप्त हुने विश्वाश छ । आज नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलाई ध्यान गर्ने गरिन्छ । चन्द्रघण्टा मातालाई विभिन्न शारीरीक तथा मानसिक कष्टहरुबाट मुक्ति तथा मोक्ष प्राप्तिकी देवीको रुपमा लिइन्छ ।

आज पनि काठमाडौं लगायत देशैभरका शक्तिपिठहरुमा बिहानैदखि भक्तजनको ठूलो भिड लागेको छ । अघिल्लो वर्ष कोरोना महामारीको त्रासमा दसैँ मनाएका सर्वसाधारणहरु यस पटक भने थप उत्साह र उमंगको साथ दसैँ मनाउने तयारीमा छन् । दसैँ मनाउन काठमाडौं उपत्यका छाडेर आ–आफ्नो थातथलो फर्कनेहरुको भिड पनि दिनप्रतिदिन बढीरहेको छ ।