१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अदालतले अवैध भने बस्दैनौं, एमालेले नारा लाउँदैमा छाड्दैनौं– मन्त्री खतिवडा

एमालेमै रहेको १० जनाको अवस्था रुनु न हाँस्नुको भाको छ

26
Shares

पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सर्वोच्च अदालतले आफूहरूलाई अवैध भनेको खण्डमा निर्लज्ज भएर संसदमा नबस्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कास्कीले पोखरामा शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमालेले नारा लगाएको भरमा आफूहरूले संसद नछाड्ने बताउनुभयो ।

ओलीविरुद्ध सँगै लडेर एमालेमै रहेका १० भाइको अहिले रुनु न हाँस्नुको स्थितिमा पुगेको टिप्पणी गर्दै मन्त्री खतिवडाले एमालेभित्र फरक मतको औचित्य नभएको बताउनुभयो ।

‘संवैधानिक सर्वोच्चता कायम गर’ भन्ने नाराले एमालेलाई नै जिस्काएको मन्त्री खतिवडाको टिप्पणी छ ।