६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


स्याङ्जाको जिप दुर्घटना, २ जनाको मृत्यु, १७ घाइते, ३ जनाको अवस्था गम्भीर


0
Shares

स्याङ्जा । वालिङ नगरपालिका मर्दीखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।

वालिङबाट लाखुडाँडा जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जीप आइतबार साँझ दुर्घटना भएको हो ।

र्दुघटना परी मृत्यु हुने गल्याङ नगरपालिका १० का ३२ वर्षीय गंगा पल्ली र ७७ वर्षीय दल बहादुर पल्ली रहेका छन् ।

त्यस्तै गल्याङ नगरपालिका का ५५ वर्षीय लिला कुमारी पल्ली, ४ वर्षीय करिष्मा थापा र २ बर्षे अर्चल विक गम्भीर घाईते भएका छन् ।

जीप सडकदेखि करिव ५० मिटर तल खसेको हो । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।