
एजेन्सी । यस वर्षको युएफा नेसन्स लिग फुटबलको उपाधि फ्रान्सले जितेको छ । गएराति भएको फाईनल खेलमा स्पेनलाई २–१ ले हराउँदै फ्रान्सले उपाधि जितेको हो ।
खेलमा स्पेनका मिकेल ओयरजबालले गोल गर्दै टोलीलाई अग्रता दिए । तर फ्रान्सका करिम बेन्जमा र किलियन एम्बाप्पेले एक एक गोल गर्दै टोलीको जित पक्का गरे । जितसँगै फ्रान्सको यो पुस्ताले विश्वकपको उपाधिमा अर्को एउटा उपाधि पनि थपेको छ ।
नेसन्स कपको तेस्रो स्थानको लागि भएको प्ले अफ् खेलमा इटालीले बेल्जीयमलाई २–१ ले हरायो ।
युरोकप विजेता इटालीको लागि निकोला बारेला र डोमिनिको बेरार्दीले एक एक गोल गरे । बेल्जीयमका चाल्र्स डि केत्लेरेले एक गोल फर्काएका थिए ।
प्रतिक्रिया दिनुहोस्