
सिन्धुली । सिन्धुली जिल्लाका प्रमुख शक्ति पीठहरुमा भक्तजनहरुको घुईंचो लागेको छ ।
जिल्लाका प्रमुख शक्तिपिठहरु कालीमाई, कमलामाई र भद्रकालीमाई मन्दिरमा दर्शन गर्न सिन्धुली लगायत आसपासका जिल्लाका भक्तजनहरुको बाक्लो उपस्थिती देखिएको हो ।
शक्तिपिठहरुमा पाठी, परेवा, हाँस कुखुरा, बोका र राँगाको बली दिने चलन छ ।
गत बर्ष कोरोना संक्रमणको जोखिमका कारण मन्दिरहरु सुनसान भए पनि यो बर्ष भने दशैंले फेरि रौनक ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्