१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भैँसी चोरेको आरोपमा पक्राउ परेका युवा हिरासतमा मृत


13
Shares

कैलाली । ईलाका प्रहरी कार्यालय, टीकापुरको हिरासतभित्रै एक पुरुष मृत भेटिएका छन् ।

प्रहरी चौकी तोरैयाँपुरले आइतबार पक्राउ गरेर टीकापुरलाई बुझाएका ३५ वर्षीय धनबहादुर रानामगर सोमबार बिहानै झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

हिरासत कक्षभित्र रहेको शौचालयको भेन्टिलेसनको जाली च्यातिएको र झ्यालको सरियामा सेतो स्याण्डोको डोरी बनाई घाँटीमा पासो लगाएको अवस्थामा शव भेटिएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि जिल्लाबाटै एसपीको कमान्डमा टोली आइरहेको र मृतकका आफन्त सुर्खेतबाट आइरहेका छन् ।

आफन्त पुगेपछि मात्र शवबाहिर निकालिने टीकापुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाले बताउनुभयो ।

गाउँमा भैंसी चोरेर लाँदै गरेको अवaस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।