
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मोतीपुर घटना सम्बन्धमा सरकारको जवाफ माग गरेको छ ।
राष्ट्रियसभाको सोमबारको बैठकको सुरुमा बोल्दै एमाले संसदीय दलको प्रमुख सचेतक खिमलाल भट्टराईले रुपन्देहीको मोतीपुरमा सुकुम्बासी मारिएको घटनाका सम्बन्धमा सरकारको जवाफ माग गर्नुभएको हो ।
प्रमुख सचेतक भट्टराईले आफ्नै गृहजिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँणका मुकदर्शक बनेको आरोप लगाउनुभयो । साथै उहाँले कुन नैतिकताले कुर्सीमा बसिरहेको भन्दै प्रश्नसमेत उठाउनुभयो ।
प्रमुख सचेतक भट्टराईले मोतीपुर घटनाको निष्पक्ष छानविन गर्न, घाइतेको उपचारको प्रवन्ध गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभयो ।
आइतबार बुटबल नगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीबस्तीमा झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो ।
घटनामा केही सुकुम्बासी र केही प्रहरी घाइते भएका छन् । घाइतेमध्ये ४ जना प्रहरीलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्